• ट्रेण्डिङ्ग :
अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै


  • 4.9K
    SHARES
    • श्रावण १२, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

    काठमाडौं, १२ साउन ।  अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज बिहीबार नेपाल आउँदैछन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणमा नेपाल आउन लागेका हुन् ।

    images

    प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण अन्यौलमा परेका उनी बेला काठमाडौं आउन लागेका हुन् ।उनले एमसिसी पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि नेपाल आएका थिए ।

    नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गर्ने निर्णय गरेको एक महिनापछि फेरि उनी नेपाल आउन लागेका हुन् । लुले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    उनी यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए ।

  • सम्बन्धित विषय:

  • # नेपाल आउँदै

  • तेस्रो आँखा