• ट्रेण्डिङ्ग :
जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 


  • 5.0K
    SHARES
    • श्रावण १२, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

    सुनसरी, १२ साउन  । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–४ र ५ को सिमानामा रहेको सुनसरी पुलमा हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा धनुषाको बर्दिबास नगरपालिका–६ का २९ वर्षीय बालकृष्ण राना मगर रहेका छन् । 

    दुर्घटनामा गम्भिर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा हिजो बेलुकी साढे ७ बजे मृत्यु भएको हो । 

    पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको भारतीय नम्बरको स्कारपियो जिपले विपरित दिशाबाट जाँदै गरेको ना ६३ प ४०७५ नम्बरको मोटरसाइकललाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो । 

    जिपसहित चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।

  • सम्बन्धित विषय:

  • # चालकको मृत्यु

  • तेस्रो आँखा