• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेलद्वारा शुभ साइतमा भाइटीका ग्रहण

राष्ट्रपति पौडेलद्वारा शुभ साइतमा भाइटीका ग्रहण


  • 469
    SHARES
    • कार्तिक २६, २०८३ बुधबार
    • १६ मिनेट अघि
    • 721 Views

    राष्ट्रपति पौडेलद्वारा शुभ साइतमा भाइटीका ग्रहण

    काठमाडौँ, कात्तिक २५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७ मिनेटको शुभ साइतमा विधिपूर्वक भाइटीका लगाउनुभएको हो। 

    images

     

    सो अवसरमा राष्ट्रपति पौडेललाई बहिनी शारदाले ओखर, बदामसहितका फलफूल र सौगात प्रदान गर्नुभयो । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार र दक्षिणा प्रदान गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। 

    नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ७ मिनेटमा रहेको जनाएको थियो  । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ।


    तेस्रो आँखा