• ट्रेण्डिङ्ग :
एमबिबिएस पढ्नेको लागि नगरपालिकाले खोल्यो आवेदन
नगरपालिकाले प्रत्येक वर्ष एक जनालाई एकजनालाई एमबिबिएस पढाउने

नगरपालिकाले प्रत्येक वर्ष एक जनालाई एकजनालाई एमबिबिएस पढाउने


  • 5.3K
    SHARES
    • श्रावण १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    नगरपालिकाले प्रत्येक वर्ष एक जनालाई एकजनालाई एमबिबिएस पढाउने

    बझाङ, १३ साउन । बझाङको जयपृथ्वी नगरपालिकाले एमबिबिएस पढ्न चाहनेहरुका लागि आवेदन खुला गरेको छ । एमबिबिएस पढ्न चाहने जयपृथ्वी नगरपालिकाभित्रका विद्यार्थीहरुका लागि छात्रवृत्तिको आवेदन खुला गरेको हो ।

    images

    विज्ञान संकायबाट कक्षा १२ पास गरेका र नेपाल सरकारले लिने एमबिबिएसको प्रवेश परीक्षामा नाम निकालेका विद्यार्थीहरुका लागि नगरपालिकाले यही साउन १८ गतेभित्र आवेदन दिन नगरपालिकाले सूचना जारी गरेको सुचना उल्लेख छ ।

    छात्रवृत्ति पाउनका लागि कक्षा ६ देखि कक्षा १० सम्म नगरपालिकाभित्रका जुनसुकै माध्यमिक विद्यालयमा पढेको हुनुपर्ने र १२ कक्षामा विज्ञान विषय लिई नेपालभरको जुनसकै विद्यालयबाट भए पनि पास गरेको जयपृथ्वी नगरपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने मापदण्ड तोकिएको छ । नगरपालिकाले प्रत्येक वर्ष एक जनालाई एकजनालाई एमबिबिएस पढाउने बताएको छ ।

    295919964_593136755706386_4006534794866109424_n-768x1160.jpg

  • सम्बन्धित विषय:

  • # एकजनालाई एमबिबिएस पढाउने

  • तेस्रो आँखा