• ट्रेण्डिङ्ग :
२४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

२४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


  • 6.5K
    SHARES
    • श्रावण १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    काठमाडौं, १३ साउन। पछिल्लो २४ घण्टामा नेपालभर थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

    images

    यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार २८२ नमुना परीक्षण गर्दा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    जसमध्ये २ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जना र १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ३५६ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप