• ट्रेण्डिङ्ग :
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ मन्त्री बाट हट्ने

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ मन्त्री बाट हट्ने


  • 6.8K
    SHARES
    • आश्विन २२, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ मन्त्री बाट हट्ने

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फरक दलको भागमा परेपछि उमेश श्रेष्ठ स्वास्थ्य मन्त्रीबाट हट्ने भएका छन् । स्वास्थ्य मन्त्री एकिकृत समाजबादीको भागमा परेको छ । कांग्रेसका एक नेताका अनुसार स्वास्थ्य मन्त्री फरक दलबाट आउने भएपछि श्रेष्ठको पद स्वतः जाने छ । प्रधानमन्त्री शेरबहादुर देउबाले श्रेष्ठलाई  १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए । राज्यमन्त्री भएको ७५ दिनमै श्रेष्ठ जिम्मेवारीबाट हट्ने भएका हुन् ।

    images

    चेन अस्पतालका  सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएको भन्दै देउबाको आलोचना भएको थियो । तर श्रेष्ठले भने राज्यबाट कुनै पनि सेवा सुविधा नलिएर आफ्नो लोकप्रियता कायम राख्न खोजेका थिए । उनले स्वास्थ्य मन्त्री भएपछि राज्यबाट कुनै पनि सेवा सुविधा लिएका छैनन् । स्वास्थ्य राज्य मन्त्री पद जाने भएपछि श्रेष्ठलाई कसरी ब्यवस्थापन गर्ने भन्ने बारेमा भने केहि खुलाईएको छैन । देउबाले बिनाबिभागीय मन्त्रीका रुपमा उनलाई नियुक्त गर्न सक्ने अनुमान गरिएपनि कांग्रेसकै पुराना नेताहरु मन्त्री बन्ने लाईनमा रहेकाले उनको मन्त्री बन्ने अवसर आउन नसक्ने देखिएको छ ।  


    तेस्रो आँखा