• ट्रेण्डिङ्ग :
संक्रमणकालिन न्यायसम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै प्रदर्शन

संक्रमणकालिन न्यायसम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै प्रदर्शन


  • 6.2K
    SHARES
    • श्रावण १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    संक्रमणकालिन न्यायसम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै प्रदर्शन

    काठमाडौं, १५ साउन। संक्रमणकालिन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमा त्रुटिपूर्ण रहेको भन्दै द्वन्द्व पीडित समुदायले प्रदर्शन गरेका छन् ।

    images

    उक्त विधेयकमा पीडकलाई उन्मुक्ति दिने प्रावधान रहेको भन्दै पीडितलाई न्यायहुने गरि कानुन बनाउनुपर्ने उनीहरुको माग छ । 

    काठमाडौंको माइतीघरमा नेपाल माओवादी पीडित संघ, द्वन्द्व पीडित समुदाय र नागरिक समाजले गरेको प्रदर्शनमा सहभागीहरुले ऐन संशोधन प्रक्रियामा पीडितहरुसँग सार्थक परामर्श गर, दण्डहिनतालाई प्रस्रय दिने विधेयक स्वीकार्य छैन, विधेयकका त्रुटिपूर्ण प्रावधानहरु खारेज गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

    नयाँ कानुनले आफूहरु थप पीडामा पर्ने भएकाले विरोध गर्नुपरेको उनीहरुको भनाइ छ ।