• ट्रेण्डिङ्ग :
१६ वटा स्कुल बसका चालक कारबाहीमा

१६ वटा स्कुल बसका चालक कारबाहीमा


  • 6.4K
    SHARES
    • श्रावण १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    १६ वटा स्कुल बसका चालक कारबाहीमा

    काठमाडौं, १६ साउन। ट्राफिक नियम पालना नगर्ने १६ वटा स्कुल बसका चालक कारबाहीमा परेका छन् । स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई ८ साउनदेखि कारबाही तथा सचेतना अभियान थालिएको हो ।

    images

    अभियानलाई निरन्तरता दिने क्रममा  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारमात्रै विभिन्न स्कुलका १६ वटा बसलाई कारबाही गरेको हो । १६ मध्ये पाँचवटा बसका चालक मादक पदार्थ सेवन (मापसे) गरेर कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    चेकजाँचका क्रममा मापसे गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा नियन्त्रणमा लिएर कारबाही गरिएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । स्कुल बस चेकजाँच अभियानलाई निरन्तर संञ्चालन गरिने प्रवक्ता भट्टले बताए


    तेस्रो आँखा
    लेखकबाट थप