• ट्रेण्डिङ्ग :
काभ्रेस्थली घटना: चार जनाको शव पोस्टमार्टमका लागि लगियो

काभ्रेस्थली घटना: चार जनाको शव पोस्टमार्टमका लागि लगियो


  • 9.2K
    SHARES
    • श्रावण १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    काभ्रेस्थली घटना: चार जनाको शव पोस्टमार्टमका लागि लगियो

    काठमाडौं, १६ साउन। काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली, पदमसालको एक घरमा मृत भेटिएका एकै परिवारका चार जनाको शव पोस्टमार्टमका लागि लगिएको छ ।

    images

    प्रहरी तथा शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान सकेर शव उठाएको हो । उनीहरुको शवको शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरिने छ ।

    गोरखाको भीमसेन थापा गाउँपालिका-६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका घरमै मृत भेटिएका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप