• ट्रेण्डिङ्ग :
प्रविधि, सामाजिक सञ्जाल दुरूपयोग, सम्बन्ध बिथोल्दै स्मार्टफोन

प्रविधि, सामाजिक सञ्जाल दुरूपयोग, सम्बन्ध बिथोल्दै स्मार्टफोन


  • 5.4K
    SHARES
    • श्रावण १७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    प्रविधि, सामाजिक सञ्जाल दुरूपयोग, सम्बन्ध बिथोल्दै स्मार्टफोन

    तनहुँ, १७ साउन ।  घरझगडाको समस्या लिएर मीना र मानबहादुर ९नाम परिवर्तन० आइतबार जिल्ला प्रहरी कार्यालय पुगे । श्रीमानले सधैं कुटपिट गर्ने भन्दै मीनाले मान्छे झिकाई छानबिन गरिपाऊँ भन्दै प्रहरीमा निवेदन दर्ता गरिन् । मीनाका अनुसार जाँडरक्सी खाएर श्रीमान्‌ले बिनाकारण कुटपिट गर्छन् । 

    images

    २०७८ माघमा प्रेम विवाह गरेका उनीहरूको महिना नबित्दै झगडा सुरु भयो । ‘पहिलाको श्रीमतीसँग सम्बन्धविच्छेद भएको रहेछ, मेरो पनि पहिलो घरबार बिग्रेकाले हप्ता १० दिन बोलेको भरमा विवाह गर्‍यौं’, उनले भनिन्, ‘तर, विवाह भएको एक महिना बितेपछि अरूको कुरा सुनेर मलाई बिनाकारण कुटपिट गर्न थाल्नुभयो र अहिले प्रहरीकोमा न्याय माग्न आएकी छु ।’ मानबहादुर भाडाका जिप चलाउँछन् । मीनासँग भेट भएपछि सहमतिमा विवाह गरेका हुन् । मानबहादुरले भने, ‘सबै राम्रै चलिरहेको थियो, उनले मोबाइल लिन थालेपछि सबै बिग्रियो । हाम्रो सम्बन्धमा स्मार्टफोन बाधक बनेको छ ।’

    स्मार्टफोनकै गलत प्रयोगबाट व्यास नगरपालिकाका गीता र हरि ९नाम परिवर्तन० को घरमा पनि दैनिक झगडा हुन्थ्यो । श्रीमान् विदेश र छोराछोरी पढाइमै व्यस्त हुँदा सामाजिक सञ्जालमा परपुरुषसँग चिनजान र बोलचालले गति लियो । श्रीमान् फर्किएपछि बिनाकारण सधैं झगडा हुन थाल्यो । पछि श्रीमान्ले थाहा पाएपछि प्रहरीकोमा गएर मिलापत्र भयो ।

    यी दुई घटना प्रविधि र सामाजिक सञ्जालको दुरुपयोगबाट उत्पन्न भएको समस्याको उदाहरण हुन् । समाजमा सामाजिक सञ्जालको प्रयोगबाट कैयौंको घरबार बिग्रिएका छन् । फोन, सामाजिक सञ्जालको दुरुपयोग घरायसी झगडाको मुख्य कारक बन्दै गएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । जिल्ला प्रहरी कार्यालयको आव २०७८र७९ को तत्थ्यांकमा घरेलु हिंसासम्बन्धी २ सय ४५ वटा दर्ता निवेदनमध्ये शारीरिक यातना ९कुटपिट० सम्बन्धी ८८, मानसिक यातना ९वास्ता नगरेको तथा गालीगलौज० ६०, आर्थिक यातना ९खाना लाउन नदिएको० सम्बन्धी ३५, श्रीमान्रपुरुष पीडित भएको २४ र स्थानीय झैझगडा ३८ गरी २ सय ४५ वटा घरेलु हिंसासम्बन्धी निवेदन तथा अन्य ठाडो उजुरी दर्ता भएका छन् । जसमध्ये १ सय ३७ वटा मिलापत्र, ५३ वटा अदालतीय प्रक्रियामा र ५५ वटा बाँकी रहेको कार्यालयले जनाएको छ ।

    दर्ता निवेदनमाथि दुवै पक्षको छलफलमा मादक पदार्थ सेवन गरेर कुटपिट, सामाजिक सञ्जाल र मोबाइलको दुरुपयोग, श्रीमान् वैदेशिक रोजगारीमा र श्रीमती परपुरुषसँग लागेको जस्ता कारण देखिएका खड्काले बताए । उनले भने, ‘अहिले हिंसा सहेर बस्नुहुन्न भन्दै न्याय खोज्न आउँछन् ।’

  • सम्बन्धित विषय:

  • # स्मार्टफोन

  • तेस्रो आँखा