• ट्रेण्डिङ्ग :
उदयपुरको डुम्रीबोटवाट कोशी मानव वस्तीमा पस्यो, जोखिम पाँच बस्तीमा उच्च सर्तकर्ता

उदयपुरको डुम्रीबोटवाट कोशी मानव वस्तीमा पस्यो, जोखिम पाँच बस्तीमा उच्च सर्तकर्ता


  • 4.4K
    SHARES
    • श्रावण १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    उदयपुरको डुम्रीबोटवाट कोशी मानव वस्तीमा पस्यो, जोखिम पाँच बस्तीमा उच्च सर्तकर्ता

    उदयपुर, १८ साउन । बिहान ४ बजे उदयपुरको बेलका नगरपालिकाको डुम्रिबोटेबाट सप्तकोसीको बाढी पश्चिमतर्फ पसेसँगै ५ वटा भन्दा बढी मानवीय बस्ती उच्च जोखिममा परेका छन । 

    images

    सप्तकोशीले पश्चिमतर्फको भागमा निरन्तर कटान गर्दा बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती उच्च जोखिममा परेका हुन । 

    पूर्वी पहाडमा लगातारको वर्षात्‌सँगै कोसी नदीमा आएको बाढीले पछिल्लो समय कटान तीव्र पारेसँगै पश्चिम तटीय क्षेत्रमा नदी मानव वस्तीमा पसेको र सो क्षेत्रका सर्वसाधणलाई सुरक्षित स्थानतर्फ जानका लागि सूचना जारी गरिएको नगर प्रमुख अशोक कार्कीले बताए । 
    उनका अनुसार बुधवार बिहानसम्म करिब २५ मिटर कटान गरेर कोसीको भगालो पश्चिम पसेको छ भने कटानको क्रममा जारी रहेकाले झन्डै ३ सय मिटर कटान गरेर जाने सम्भावना भएको हुनाले धारै परिर्वतन हुन सक्ने खतरामा पनि उत्तिकै रहेको भन्दै स्थानियलाई सुरक्षित स्थातर्फ जान अनुरोध गरिएको कार्कीले जानकारी दिए ।
     

  • सम्बन्धित विषय:

  • # जोखिम पाँच बस्ती

  • तेस्रो आँखा