• ट्रेण्डिङ्ग :
मुम्बई पुलिसले सलमान खानलाई बन्दुक राख्न अनुमति दियो

मुम्बई पुलिसले सलमान खानलाई बन्दुक राख्न अनुमति दियो


  • 7.9K
    SHARES
    • श्रावण १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    मुम्बई पुलिसले सलमान खानलाई बन्दुक राख्न अनुमति दियो

    मुम्बई, १८ साउन। आफ्नो ज्यानको सुरक्षाका लागि हतियार राख्न लाइसेन्सको माग गरेका बलिउड अभिनेता सलमान खानलाई मुम्बई पुलिसले बन्दुक राख्न अनुमतिपत्र (लाइसेन्स) दिएको छ । खानले एक साताअघि बन्दुक राख्न लाइसेन्सको माग गर्दै मुम्बई प्रहरीसमक्ष निवेदन हालेका थिए ।

    images

    उनको निवेदनमाथि सुनुवाइ भएको छ । अभिनेता सलमानले आपूmलाई भूमिगत गिरोहले ज्यान मार्ने धम्की दिएको उल्लेख सो निवेदनमा गरेका थिए । सो गिरोहको प्रतिरोधका लागि बन्दुक राख्न अनुमतिपत्र पाऊँ भनेर माग गरेपछि आफूहरूले अनुमतिपत्र दिएको मुम्बई प्रहरी अधिकारीले जनाएका छन् ।

    उनलाई लरेन्स बिस्नोई र गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो । त्यसपछि दुई साता यताबाट प्रहरीले अभिनेता सलमान खानको सुरक्षा बढाउँदै आएको छ । सलमानले पनि आफ्नो निजी सुरक्षागार्ड बढाएका छन् । राजधानि दैनिकमा खबर छ । मुम्बई प्रहरीको एक टोलीले यस मुद्दाको सम्बन्धमा दिल्लीमा बिस्नोईलाई केरकार गरिसकेको छ ।

    सलमानले हालै मुम्बई पुलिस आयुक्त विवेक फंसालकर र संयुक्त प्रहरी आयुक्त विश्वास नांगे पाटिलसँग भेटवार्ता गरेर सुरक्षाको माग गरेका हुन् । सलमान र उहाँका पिता सलिम खानलाई मार्ने धम्की दिने गुमनाम पत्र पाएपछि जुन महिनामा पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सलमान खान

  • तेस्रो आँखा
    लेखकबाट थप