• ट्रेण्डिङ्ग :
मृतक थुनुवाको परिवार न्याय माग्दै ईन्सेकाे ढाेकामा

मृतक थुनुवाको परिवार न्याय माग्दै ईन्सेकाे ढाेकामा


  • 6.8K
    SHARES
    • श्रावण १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    मृतक थुनुवाको परिवार न्याय माग्दै ईन्सेकाे ढाेकामा

    खोटाङ, १८ साउन । कुटपिटबाट प्रहरी हिरासतमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका थुनुवा १८ वर्षीय किरण राई ‘भुदेउ’को परिवारले दोषीमाथि कारबाही तथा क्षतीपुर्तीको माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकलाई गुहारेका छन् ।

    images

    हिरासतमा रहेकोबेला भाग्नेक्रममा प्रहरीको कुटपिटबाट २६ असार २०७० मा ज्यान गुमाएका भुदेउ परिवारले हालसम्म कुनै पनि क्षतीपुर्ती नपाएको तथा दोषी ठहरिएका प्रहरी अधिकृत र जवानलाई कुनै पनि कारबाही नभएको भन्दै पीडित परिवारले अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक खोटाङलाई गुहारेका हुन् ।

    ‘दोषीमाथि कारबाही नभएको र क्षतीपुर्ती नपाएकाले न्यायको लागि पहल गरिदिन’का लागि मृतकका बुवा बुद्धीबहादुर राईले उजुरी दिएको इन्सेक प्रतिनिति तारानाथ फुयाँलले बताए ।

    दोषी प्रहरीलाई कारबाही गर्न र पीडित परिवारलाई क्षतीपुर्ती दिनका लागि सिफारिस भएको ९ वर्ष पुग्दा समेत आयोगको सिफारिस कार्यान्वयन नभएको भन्दै मृतक परिवारले गत ८ साउनमा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १, शाखा कार्यालय खोटाङमा उजुरी दिएका थिए ।

    ज्यान मारेको अभियोगमा २८ जेठ २०७० मा पक्राउ परेका भुदेउको २६ असार २०७० मा जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा रहेकै अवस्थामा मृत्यु भएको थियो ।

    भुदेउको मृत्यु प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले दोषी प्रहरी अधिकृत सहित ११ जनालाई कारबाही गर्न र पीडित परिवारलाई ३ लाख क्षतिपूर्ती दिन १६ भदौ २०७० मा गरेको सिफारिस हालसम्म कार्यान्वयन नभएको भन्दै पीडित परिवारले विभिन्न मानव अधिकारवादी संघसंस्थालाई गुहार्दैआएका छन् ।

    आयोगको सिफारिस अनुसार दोषी उपर कारबाही नहुँदा राज्यबाट पिडितलाई झनै पिडित बनाउने काम भएको आफन्त रञ्जिव राईले बताए ।

  • सम्बन्धित विषय:

  • # ईन्सेकाे ढाेकामा

  • तेस्रो आँखा