• ट्रेण्डिङ्ग :
दोब्बरले बढयो खोटाङमा सबन्धबिच्छेद गर्नेको संख्या

दोब्बरले बढयो खोटाङमा सबन्धबिच्छेद गर्नेको संख्या


  • 5.6K
    SHARES
    • श्रावण १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    दोब्बरले बढयो खोटाङमा सबन्धबिच्छेद गर्नेको संख्या

    खोटाङ, १९ साउन ।  खोटाङ जिल्लामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या दुई वर्षको अन्तरालमा दोब्बर मात्राले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७८/७९ मा सम्बन्धविच्छेद गर्नेहरू संख्या दोब्बरभन्दा बढी मात्राले बढेका हुन् ।  

    images

    जिल्ला  अदालत  खोटाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७६/७७ मा ७० वटा मुद्दा परेकोमा ३५ वटा मुद्दा फछ्र्योट भएको थियो भने आव २०७७/७८ मा  सम्बन्धविच्छेद गर्ने भन्दै १ सय ६ जनाले मुद्दा दर्ता गराएका थिए, जसमध्ये ३४ वटा अदालतवाट फछ्र्योट भईसकेका छन्् । 

    आर्थिक बर्ष २०७८/७९ मा सो सङ्ख्या ह्वात्तै बढेर  १ सय ८४ वटा मुद्दा दर्ता भएको जिल्ला अदालत खोटाङले जानकारी दिएका छ, जसमध्ये हालसम्म १ सय ३८ मुद्दा फछ्र्योट भईसकेको छ ।
    जिल्ला अदालतमा गत आर्थिक वर्षमा सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा आएको प्रशासन शाखाका नासु सोनाम श्रेष्ठले जानकारी दिएका छन ।

    उनका अनुसार सबन्ध बिच्छेदका मुद्धा लिएर अदालत आउने अधिकांश महिलाहरु रहेका छन । खानलाउन नदिएको, मादकपदार्थ सेवन गरेर आउने, आन्तरिक घर झगडा, घरेलु हिंसाका कारण देखाउँदै महिलाहरुले सम्बन्धविच्छेदका म ुद्धा दर्ता गराउने गरेका छन । 

    बैदेशिक रोजगारीमा गएका घरमा पनि सबन्धबिच्छेदको मात्रा बढन थालेको जिल्ला अदालत खोटाङले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सबन्धबिच्छेद

  • तेस्रो आँखा