• ट्रेण्डिङ्ग :
बलिउडका वरिष्ठ अभिनेता मिथिलेश चतुर्वेदीको हृदयघातका कारण निधन, शोकमा बलिउड

बलिउडका वरिष्ठ अभिनेता मिथिलेश चतुर्वेदीको हृदयघातका कारण निधन, शोकमा बलिउड


  • 8.1K
    SHARES
    • श्रावण १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    बलिउडका वरिष्ठ अभिनेता मिथिलेश चतुर्वेदीको हृदयघातका कारण निधन, शोकमा बलिउड

    एजेन्सी, १९ साउन। बलिउडका बरिस्ठ अभिनेता मिथिलेश चतुर्वेदीको मृत्यु भएको छ । भारतिय मिडियाका अनुसार उनको बुधबार साँझ हृदयघातका कारण मृत्यु भएको हो । मिथिलेश चतुर्वेदीको मृत्युको पुष्टि उनका ज्वाई आशिष चतुर्वेदीले सामाजिक सञ्जालमार्फत गरेका छन् ।

    images

    आशिष चतुर्वेदीले सामाजिक सञ्जालमा मिथिलेशको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘तपाई संसारकै उत्कृष्ट पिता हुनुहुन्छ । तपाईले मलाई ज्वाइँ होइन, छोराको जस्तो माया दिनुभएको थियो । तपाइको आत्माले शान्ति पाओस् ।’ चतुर्वेदी लामो समय देखी मुटुरोगबाट पिडित थिए । उनको पछिल्लो दिनमा स्वास्थ्यमा समस्या आएपछि लखनउमा उपचार भइरहेको थियो ।

    यसै क्रममा उनको हृदयघातका कारण मृत्यु भएको बताइउको छ ।उनले बलिउडमा चतुर्वेदीले सनी देओलको ‘गदर’, मनोज बाजपेयीको ‘सत्या’, शाहरुख खानको ९अशोका’ को अलवा ‘ताल’, ‘बन्टी और बबली’, ‘कृष’, ‘रेडी’ लगायत थुप्रै फिल्म मा सफल अभिनय गरेका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप