• ट्रेण्डिङ्ग :
पाँच दलीय गठबन्धन एक नभए एमालेसँग प्रतिस्पर्धा गर्न सकिदैन: नेता कोइराला

पाँच दलीय गठबन्धन एक नभए एमालेसँग प्रतिस्पर्धा गर्न सकिदैन: नेता कोइराला


  • 13.1K
    SHARES
    • श्रावण २१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 20.2K Views

    पाँच दलीय गठबन्धन एक नभए एमालेसँग प्रतिस्पर्धा गर्न सकिदैन: नेता कोइराला

    काठमाडौं, २१ साउन। नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ  गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका छन्।  

    images

    सञ्चारकर्मीसँग आज काठमाडौंमा कुराकानी गर्दै उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए।

    उनले भने, ’सरकार पनि गठबन्धनको छ। गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ।’ तालमेल गरेर निर्वाचनमा जाँदा काँग्रेसले एक सय सिट पाउनु पर्ने उनको दाबी छ। तालमेलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले थपे, ’एमालेसँग प्रतिस्पर्धा गर्नका लागी एक हुनु प¥यो।’  

    अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्वाचन आउने उनको भनाई थियो। संविधान र एमाले अध्यक्ष ओलीको प्रतिगमनको विरुद्धमा एक भएका दलहरु एक ठाउँ भएर निर्वाचनमा जाँदा राम्रो हुने कोईरालाले बताए। 


    तेस्रो आँखा
    लेखकबाट थप