खोटाङ । जिल्लाको वराहपोखरी गाउँपालिकाले नियमविपरीत वडा सचिवलाई एकै वर्ष करीब १४ लाख पेश्की दिइएको छ । सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३ अनुसार खरिद कारवाही तयारी गर्दा खरिद आवश्यकता पहिचान गरी कर्मचारीलाई पेश्की दिनुपर्नेमा नियमविपरीत आर्थिक वर्षको अन्त्यमा करीब १४ लाख पेश्किी वापतको रकम दिइएको हो ।
खरिद आवश्यकता पहिचान गरी प्याकेजिङ गर्न मिल्ने कामलाई प्याकेजिङ गर्नुपर्नेमा पालिकाले विधुतीकरण अन्तर्गत वस्तु खरिद वोलपत्र गरेर जडानको कामलाई कर्मचारीलाई दिएको पेश्की नियम विपरीत भएको महालेखापरीक्षकको कार्यालयले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७७ ७८ मा ५ जना वडा सचिवलाई १३ लाख ९२ हजार पेश्की दिइएको छ । पालिकाको वडा नम्बर १,२,३,५ र ६ नम्वरका वडा सचिवलाई पेश्की दिइएको हो ।
वडा नम्बर १ का सचिव देवान राईले १ लाख ९२ हजार,वडा नम्बर २ का सचिव रमेश पोखरेलले ४ लाख ३२ हजार,वडा नमबर ३ का सचिव रुविना राईले ९६ हजार,वडा नम्बर ५ का सचिव दयाहाङ राईले १ लाख ९२ हजार र वडा नम्बर ६ का सचिव रामचन्द्र राईले ४ लाख ९२ हजार पेश्की लगेकोमा आइन्दा वोलपत्र गर्नुपर्ने र स्लाइसिङ गरि आर्थिक वर्षको अन्त्यमा दिएको पेश्कि फर्छयौट गर्नुपर्ने महालेखाको ठहर छ ।
