• ट्रेण्डिङ्ग :
अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट ‘नेगेटिभ’

अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट ‘नेगेटिभ’


  • 5.0K
    SHARES
    • श्रावण २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट ‘नेगेटिभ’

    वासिङ्टन, २२ साउन। अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बसेका छन् ।

    images

    उनको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको उनका चिकित्सकले जानकारी दिएका छन् । ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले सो कुराको जानकारी दिएका हुन् । उनले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहेको तर उनलाई धेरै ठिक भएको उनका चिकित्सक ओ कनरले जानकारी दिए।

    उनले खोपको पूर्ण मात्रा लिनुका साथै दुई पटकसम्म बुस्टर डोज पनि लगाएका छन् । उनलाई पहिलो पटक गत जुलाई २१ मा कोभिड सङ्क्रमण देखिएको थियो । त्यसपछि एक हप्तासम्म आइसोलेसनमा रहेका बाइडेनलाई निको भएको थियो । राष्ट्रपति बाइडेनलाई पुनः जुलाई ३० मा कोभिड सङ्क्रमण देखिएको हो । शनिबार गराएको स्वास्थ्य परीक्षणमा उनको कोरोना नेगेटिभ रिपोर्ट आएको हो ।

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • तेस्रो आँखा
    लेखकबाट थप