• ट्रेण्डिङ्ग :
इजरायल र विद्रोही लडाकू समूहबीच युद्ध विराम गर्ने सहमती

इजरायल र विद्रोही लडाकू समूहबीच युद्ध विराम गर्ने सहमती


  • 4.7K
    SHARES
    • श्रावण २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    इजरायल र विद्रोही लडाकू समूहबीच युद्ध विराम गर्ने सहमती

    जेरुसेलम, २३ साउन। इजरायल र विद्रोही लडाकु समूहका बीचमा युद्धविराम गर्ने सहमती भएको छ। सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमति भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गरेका छन्।  

    images

    लामो समयदेखि उनीहरुका बीचमा युद्ध चलिरहेको भएपनि पछिल्लो तीन दिन लगातार भिडन्त भएको थियो। भिडन्तमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो। ठूलो क्षति र सर्वत्रको दबावपछि युद्धविराम गर्न दुवै पक्ष सहमत भएका हुन्।  

    इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा युद्धविराम भएको खबर थाहा पाएपछि स्थानीय बासिन्दाले खुशीयाली मनाएका छन्। इजरायलबाट भइरहेको आक्रमण रोक्न इजिप्टले पहल गरेर युद्धविरामको वातावरण बनाएकोमा इस्लामिक जिहादका प्रवक्ताले खुशी व्यक्त गरेका छन्।  

    इजरायलले गत सोमबार राति इस्लामिक जिहादका प्रमुख भनिएका बसिम सादीलाई पक्राउ गरेपछि तनाव बढेको थियो। इरानले समर्थन गरेको इस्लामिक जिहाद समूह गाजामा सक्रिय सबैभन्दा बलियो विद्रोही समूह मानिन्छ।


    तेस्रो आँखा
    लेखकबाट थप