• ट्रेण्डिङ्ग :
निजामती कर्मचारीहरू आन्दोलनमा, मंगलबार देशैभरका नासु बिदामा बस्ने

निजामती कर्मचारीहरू आन्दोलनमा, मंगलबार देशैभरका नासु बिदामा बस्ने


  • 5.3K
    SHARES
    • श्रावण २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    निजामती कर्मचारीहरू आन्दोलनमा, मंगलबार देशैभरका नासु बिदामा बस्ने

    काठमाडौं, २३ साउन। निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। असमान तलव वृद्धि भएका भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन्।

    images

    नायब सुब्बा बचाउ अभियानले आन्दोलनलाई तीव्रता दिने बताएको छ। नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार देशैभरका नासु बिदामा बस्ने बताए।

    ‘असमान तलब वृद्धिका विरूद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागका सन्दर्भमा हामीले आन्दोलन गरिरहेको हो,’ उनले भने।

    सोमबार कर्मचारीहरूले सिंहदरबारमै पेनडाउन गरेका थिए। साथै मंगलबार अर्थमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्यसचिव, अर्थ सचिव र सामान्य प्रशासन सचिवलाई नासु बचाउ अभियानले उठाएका मागबारे एसएमएस गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए।


    तेस्रो आँखा
    लेखकबाट थप