• ट्रेण्डिङ्ग :
दक्षिण कोरियामा कोरोना संक्रमित घट्दै

दक्षिण कोरियामा कोरोना संक्रमित घट्दै


  • 4.7K
    SHARES
    • श्रावण २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    दक्षिण कोरियामा कोरोना संक्रमित घट्दै

    एजेन्सी, २३ साउन। दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या घट्दो क्रममा रहेको छ। स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ५५ हजार २९२ जना संक्रमित भएका छन्।

    images

    योसँगै देशभरी अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ५४ लाख चार हजार ४२० पुगेको छ। यसअघि केही दिनदेखि दैनिक एक लाखभन्दा बढी संक्रमित हुने गरेका थिए। अघिल्लो हप्ता औषतमा एक लाख तीन हजार ४११ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    अहिले संक्रमित अवस्थामै रहेका मध्ये ३२४ जनाको अवस्था गम्भीर रहेको पाइएको छ। यो संख्या अघिल्लो दिनको भन्दा २७ बढी हो। पछिल्लो एक दिनमा दक्षिण कोरियामा कोरोना कारण २९ जनाको मृत्यु भएको छ। योसँगै अहिलेसम्म दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या २५ हजार २९२ पुगेको छ।


    तेस्रो आँखा
    लेखकबाट थप