• ट्रेण्डिङ्ग :
उदयपुरकाे  लिम्चुङबुङ गाउँपालिकामा जेसिवी दुर्घटना

उदयपुरकाे  लिम्चुङबुङ गाउँपालिकामा जेसिवी दुर्घटना


  • 5.4K
    SHARES
    • श्रावण २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    उदयपुरकाे  लिम्चुङबुङ गाउँपालिकामा  जेसिवी दुर्घटना

    उदयपुर । उदयपुरकाे  लिम्चुङबुङ गाउँपालिकामा लोख्रिम भिरबाट जेसिवी पन्ध्र सय मिटर तल खसेर क्षति भएको छ । लिम्चुङबुङ गाउँपालिका वडा नं. ५ जातेबाट अवरुद्ध सडक खुलाउन जाँदै गरेकाे प्रदेश २–०२–००१ क ०२३८ नम्बरको जेसिवी दुर्घटना भउकाे हाे । 

    images

    सोही पालिकाको वडा नं. ३ बाराहा तर्फ जाँदै गरेको जेसिवी वडा नं. ५ को लोख्रिम भिर भन्दा माथिल्लो मोडबाट अनियन्त्रित भई खसेर क्षति भएको र जेसिवी भिरबाट खस्दा कुनै मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय लिम्चुङबुङले जनाएको छ । 

    जेसिवी लोख्रिम भिर भन्दा माथिल्लो मोडबाट बलम्ता पटीको पाटो सडकदेखि पन्ध्र सय मिटर तल खसेको सवारी धनी मनोज बुढाथोकीले जनाए  । जेसिवी कामै नलाग्ने गरी क्षति भएको सवारी धनी बुढाथोकीकाे भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # जेसिवी दुर्घटना

  • तेस्रो आँखा