• ट्रेण्डिङ्ग :
प्रकाशमान र डा. शेखरले छाडे रामचन्द्रलाई समर्थन गर्छु- निधि 

प्रकाशमान र डा. शेखरले छाडे रामचन्द्रलाई समर्थन गर्छु- निधि 


  • 5.0K
    SHARES
    • मंसिर २४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    प्रकाशमान र डा. शेखरले छाडे रामचन्द्रलाई समर्थन गर्छु- निधि 
    काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सभापतिमा दाबी गर्दै आएका नेता विमलेन्द्र निधिले रामचन्द्र पौडेलालाई सभापति स्वीकार गर्न प्रकाशमान सिंह र डा. शेखर कोइराला तयार भए आफूले पनि सर्मथन गर्ने बताएका छन् । 

    सभापतिमा दाबी गदै प्रचारलाई तीव्र बनाएका निधिले अकास्मात गरेको नयाँ प्रस्तावले कांग्रेस राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ । 

    images

    चितवन-काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार आयोजना गरेको कार्यक्रममा निधिले भने- ‘यदि पौडेलजीलाई सर्वसम्मत स्वीकार गर्ने हो भने म दाबी छाड्छु ।’

    उनले अर्का आकांक्षी सभापति शेरबहादुर देउवाले समेत दाबी छाड्नु पर्ने वा कोइराला र सिंहले मात्र छाड्ने हो भन्ने विषयमा भने खुलेर बताउन चाहेनन् ।

    रामचन्द्रका लागि मैदान खाली गर्ने बताएका उनले अरू उम्मेदवार कायम रहे आफ्नो पनि उम्मेदवारी कायम रहने बताए । 

    उनले असन्तुष्टि छाडेर बैठक र कार्यक्रमहरूमा उपस्थित हुन पौडेललाई आग्रहसमेत गरे । न्युज कारखाना


    तेस्रो आँखा