• ट्रेण्डिङ्ग :
मनोहरा खोला क्षेत्रका सुकुमबासी बस्ती डुबानमा 

मनोहरा खोला क्षेत्रका सुकुमबासी बस्ती डुबानमा 


  • 6.6K
    SHARES
    • श्रावण २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    मनोहरा खोला क्षेत्रका सुकुमबासी बस्ती डुबानमा 

    काठमाडौं, २५ साउन ।  काठमाडौं उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । 
    भक्तपुरको मनोहरा खोला वरपरका सुकुमबासी बस्तीमा बाढी पसेको छ ।

    images

    मनोहरा खोलाको पानी वस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । विशेषगरी सुकमबासी वस्तीमा पानी पसेको हो । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ ।

    काँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुवानमा परेको प्रहरीले जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना  छ । प्रदेश १,बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि हुनसक्ने आकलन गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # बस्ती डुबानमा

  • तेस्रो आँखा