• ट्रेण्डिङ्ग :
बझाङको बुङ्गल नगरपालिकामा एकै परिवारका तीनजना मृत अवस्थामा फेला

बझाङको बुङ्गल नगरपालिकामा एकै परिवारका तीनजना मृत अवस्थामा फेला


  • 5.4K
    SHARES
    • श्रावण २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    बझाङको बुङ्गल नगरपालिकामा एकै परिवारका तीनजना मृत अवस्थामा फेला

    धनगढी, २५ साउन। बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बुङ्गल नगरपालिका-९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

    images

    मृत भेटिनेमा पार्कीकी श्रीमती २२ वर्षीया गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित रहेको बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।

    उनका अनुसार उनीहरु घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकोले  जिल्लाबाट आएका प्रहरीको अनुसन्धान टोली घटनास्थलतर्फ गएको छ । स्थानीय प्रहरीले घटनास्थल शिल गरेको छ भने गए राति मात्र भारतबाट फर्किएका पुष्करलाई नियन्त्रणमा लिइएको छ ।

  • सम्बन्धित विषय:

  • # बझाङ

  • तेस्रो आँखा
    लेखकबाट थप