काठमाडौं, २५ साउन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । जापानको पाँच दिनको भ्रमण सकेर उनी आज स्वदेश फर्किएका हुन् ।
जापानमा रहँदा दाहालले उच्चस्तरीय तथा महत्वपूर्ण भेटघाट गरेका थिए । दाहाल नेपाली जनप्रगतिशील मञ्च जापानको निम्तोमा जापान पुगेका थिए ।
