• ट्रेण्डिङ्ग :
चितवनमा ट्रकको ठक्करवाट युवकको मृत्यु 

चितवनमा ट्रकको ठक्करवाट युवकको मृत्यु 


  • 3.8K
    SHARES
    • श्रावण २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 5.9K Views

    चितवनमा ट्रकको ठक्करवाट युवकको मृत्यु 
    चितवन, २६ साउन । भरतपुर महानगरपालिका – २९ जुगेडीमा गएराती ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। 

    ट्रकको ठक्करावाट अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएपनि मृतकको भने सनाखत हुन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

    images

    भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले गएराति सवा ८ बजे पैदल हिडिरहेका ती युवकलाई ठक्कर दिएको थियो। ठक्कर दिएलगत्तै घटनास्थलमा युवकको ज्यान गएको थियो । ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # युवकको मृत्यु

  • तेस्रो आँखा