• ट्रेण्डिङ्ग :
माकुरा पनि मान्छेझै निदाउँछन् !

माकुरा पनि मान्छेझै निदाउँछन् !


  • 5.2K
    SHARES
    • श्रावण २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    माकुरा पनि मान्छेझै निदाउँछन् !

    न्युयोर्क, २६ साउन। यो एउटा जिज्ञासा हो जसले केही वैज्ञानिलाई रातभर जागा राख्छ : के माकुराहरू निदाउँछन् ? डानिएला रोस्लर र उनका सहकर्मीहरूले माकुराका साना बच्चामा गरेको अनुसन्धानबाट माकुरा पनि मानवजस्तै केही क्षण निदाउने गरेको पत्ता लागेको छ । 

    images

    भिडियो क्यामराको सहयोगमा गरिएको अनुसन्धानले निद्राको चक्रमा जस्तै माकुराका आँखा झिलमिल भएका र त्यसलाई निद्राको एक चरणका रूपमा वर्णन गरेको छ । आँखाका भागमा देखिएको झिलिमिलीयुक्त त्यस्तो ढाँचालाई निद्राको सक्रिय चरण भएको निष्कर्षमा डानिएला र उनको टोली पुगेको छ । त्यसलाई मानवको निद्राजस्तै भएको उनीहरूले बताएका छन् । उज्यालो देखिनुको सम्बन्ध सपनासँग रहेको उनीहरूको निचोड छ । 

    अनुसन्धानबाट केही चरा र स्तनपायीसहित अन्य जनावरले निद्राको अनुभव गरेका देखाइएको छ यद्यपि माकुराले पनि त्यस्तै प्रकृतिको निद्रा अनुभव गरेनगरेको यकिनका साथ भन्न नसकिने जर्मनीको जर्मनीको कन्स्टान्ज विश्वविद्यालयका विकासवादी जीव वैज्ञानिक रोस्लरले बताएका छन् । अनुसन्धानको निष्कर्ष प्रसिडिङ्स अफ साइन्सेज जर्नलमा छापिएको छ ।

    प्रयोगशालाको कन्टेनरमा राति रेशमको धागोमा माकुरा झुण्डिएका फेलापरेपछि निद्राको प्रश्नमा केही समाधान भेटिएको डानिएला बताउँछिन् । कुकुर वा बिरालाले झै घुँडा टेकेर सुतेको स्पष्ट देखिए पनि निद्राको चक्र मानव र माकुरामा समान भएको उनको ठहर छ । माकुराको निद्राको चक्र अन्य जीवसँग तुलाना गर्न कठिन हुने उनको कथन छ । हार्वर्ड विश्वविद्यालयका विकासवादी जीव वैज्ञानिक पनि डानिएलाको भनाइप्रति सहमत छन् । 


    तेस्रो आँखा
    लेखकबाट थप