• ट्रेण्डिङ्ग :
नवनियुक्त चलचित्र बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा दायर

नवनियुक्त चलचित्र बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा दायर


  • 6.2K
    SHARES
    • श्रावण २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    नवनियुक्त चलचित्र बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा दायर

    काठमाडौं, २६ साउन। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    images

    अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुग्ने भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका अन्य उम्मेदवारले केसीलाई नियुक्त गर्ने ९ साउनको मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै रिट दिएका हुन् ।

    विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उत्तीर्ण हुनुपर्ने भए पनि केसीले प्रमाणपत्र तह मात्र उत्तीर्ण गरेकाले भन्दै नियुक्ति बदरको माग गरेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले रिट दर्ता भएको र सोमबार प्रारम्भिक सुनुवाइ हुने जानकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप