• ट्रेण्डिङ्ग :
सभामुखसँग चिनियाँ राजदूत होउको भेटवार्ता, नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको सापकोटाको भनाइ

सभामुखसँग चिनियाँ राजदूत होउको भेटवार्ता, नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको सापकोटाको भनाइ


  • 6.7K
    SHARES
    • श्रावण २७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    सभामुखसँग चिनियाँ राजदूत होउको भेटवार्ता, नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको सापकोटाको भनाइ

    काठमाडौं, २७ साउन। सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटवार्ता गरेकी छिन् । उनीहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा शुक्रबार विहान भेटवार्ता भएको हो । भेट दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको जनाइएको छ । 
     
    सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरे । सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैब प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्र विरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको बताए । उनले संयुक्त राष्ट्रसंघको वडापत्र तथा पञ्चशीलको सिद्धान्त अनुरुप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नु पर्ने धारणा व्यक्त गरे ।
     
    भेटमा राजदूत होउ यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिवद्धताको उच्च प्रशंसा गरिन् । साथै, नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैब दृढ समर्थन गर्दै आएको बताइन्। राजदूत होउले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन्।

    images

    298264248_5253125911479920_214714709536091506_n.jpg  

  • सम्बन्धित विषय:

  • # नेपाल-चीन सम्बन्ध

  • तेस्रो आँखा
    लेखकबाट थप