• ट्रेण्डिङ्ग :
एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरू गठबन्धनमा पुगे: केपी ओली

एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरू गठबन्धनमा पुगे: केपी ओली


  • 5.0K
    SHARES
    • श्रावण २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरू गठबन्धनमा पुगे: केपी ओली

    काठमाडौं, २८ साउन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सबै सम्पत्ति राज्यको नाममा गरेको जिकिर गरेका छन् । शनिबार लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो अधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले भने, ‘मैले मेरा सबै सम्पत्ति राज्यको नाममा गरिदिएको छ, घर, घडेरी, बैंक ब्यालेन्स सबै ।’

    images

    अध्यक्ष ओलीले अगाडि प्रश्न गरे, ‘मैलेजस्तै प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालले यस्तो गर्न सक्छन् ?’ उनले एमालेलाई बहुमत ल्याउनबाट रोक्न गठबन्धन गरिएको आरोप लगाए । एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरू गठबन्धनमा पुगेको उनले बताए ।

    एक्लाएक्लै चुनाव लड्दा एमालेले बहुमत ल्याइहाल्छ भनेर यो सबै गठबन्धन सठबन्धन बनिरहेको छ,’ उनले भने, ‘पाँच दलले नपुगेर अझ गठबन्धन विस्तार गर्न लागिएको छ ।’ उनले एक्लाएक्लै चुनाव लडेर चुनावपछि गठबन्धन गर्नु उपयुक्त हुने बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप