• ट्रेण्डिङ्ग :
तनहुँमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

तनहुँमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु


  • 4.8K
    SHARES
    • श्रावण २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    तनहुँमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

    दमौली, २८ साउन। तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन्।

    images

    सिसौको रुखमा रहेको अरिङ्गालको गोला बिहीबार राति पोल्ने क्रममा कुमाल घाइते भएका थिए। उनको गण्डकी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

    अरिङ्गालले टोकेर घाइते कुमाललाई तत्कालै शुभलक्ष्मी पोलिक्लिनिक भिमाद हुँदै थप उपचारका लागि कास्कीको पोखरा पठाइएको थियो। 


    तेस्रो आँखा
    लेखकबाट थप