हानेर हावाले
यताउति जताततै
हल्लिएको छु, उसकै दिशातिर
झरी–बादल खपेर
चिसो सिरेटो र तुषारो ।
उनिएर झिक्रामा
थोत्रा, च्यातिएका पत्रु
ओठाएर इच्छाअनुसार मालिकको,
बनाइएको म बुख्याँचा ।
कहिले यता हल्लाउँछ
त्यतै हल्लिदिन्छु
च्यातिने गरि हावाले
कहिले उता हल्लाउँछ, जोड तोडले
यसरी,
दिनरातै रखवारी गरेकै छु
विश्वास छ, मालिकलाई
म र मेरो रखवारीप्रति,
त्यसैले उ मलाई
सिजन सिजनमा बनाइरहन्छ ।।
शिवप्रसाद ढुंगाना
