नेपाली कांग्रेसको १४ महाधिवेशनको उदघाटन सत्र काठामडौंको भृकुटीमण्डपमा जारी छ । उद्घाटन सत्रमा शिर्ष दलका प्रमुख तथा विदेशी पाहुनाहरुले मन्तव्य दिने क्रम चलिरहेको छ ।
कांग्रेसका नेताहरु भने चुनावी प्रचार प्रसारमा लागि परेका छन् । उनीहरुले आफ्ना नेताका भाषणलाई वेवास्था गर्दै चुनावी प्रचारमा लागेका हुन् । याे नेपाली कांग्रेस निर्वाचन समितिले जारी गरेकाे महाधिवेशन आचार संहिता विपरीत कार्य हो ।




