• ट्रेण्डिङ्ग :
घाँस उत्पादन गर्ने किसानलाई पोखरा महानगरबाट अनुदान

घाँस उत्पादन गर्ने किसानलाई पोखरा महानगरबाट अनुदान


  • 5.9K
    SHARES
    • श्रावण ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    घाँस उत्पादन गर्ने किसानलाई पोखरा महानगरबाट अनुदान

    कास्की । पोखरा महानगरपालिकाले घाँस उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न नगद अनुदान प्रदान गरेको छ । घाँसमा आधारित पशुपालनमा जोड दिन महानगरले किसानलाई नगद अनुदान दिएको हो । महानगरको सघन घाँस विकास कार्यक्रम अन्तर्गत महानगरभित्र घाँस खेती गर्ने ९३  किसानलाई रु १४ लाख ६५ हजार पाँच सय ९० अनुदान दिइएको हो ।

    images

    महानगरमा गत आर्थिक वर्षमा चार सय ८९ रोपनी क्षेत्रफलमा घाँस लगाइएको र सात हजार तीन सय ३५ मेट्रिक टन घाँस उत्पादन भएको महानगर पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले बताए । उनका अनुसार महानगरमा १० रोपनी क्षेत्रफलभन्दा बढी घाँस लगाउने १३, पाँच देखि नौ रोपनीमा लगाउने २२, दुई देखिमाथि र पाँच रोपनी भन्दा कम लगाउने किसानको सङ्ख्या ५८ जना रहेको छ । 
     
    महानगरले प्रति रोपनी तीन हजारका दरले अनुदान उपलब्ध गराएको छ । महानगरका ९३ जना किसानले  रु छ हजारदेखि रु ६० हजारसम्म अनुदान प्राप्त गरेका छन् । सबैभन्दा बढी २० रोपनीमा घाँस लगाउने मीना तिवारी र नन्दप्रसाद पोखरेललाई जनही रु ६०/६० हजार अनुदान प्रदान गरिएको छ ।

    अनुदान प्राप्त गरेका पोखरेलले पहिलो पटक सरकारी अनुदान पाउँदा खुसी लागेको बताए । महानगर पशु शाखाले आइतबार आयोजना गरेको अनुदान वितरण कार्यक्रममा  महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखराको आर्थिक विकासको आधार पर्यटन र कृषि रहेको बताइन्। महानगरले आधारभूत कृषि उत्पादनमा आत्मनिर्भर हुने नीति लिएको छ । सो नीति कार्यान्वनयनका लागि भैँसी, बाख्रा, तरकारी तथा कृषि खाद्यबाली उत्पादन गर्ने व्यावसायिक किसानलाई नगद अनुदान प्रदान गरिँदै आइएको छ । 

  • सम्बन्धित विषय:

  • # पाेखरा महानगरपालिका

  • तेस्रो आँखा
    लेखकबाट थप