• ट्रेण्डिङ्ग :
राष्ट्रपति भण्डारी पोखरामा, गण्डकी प्रदेश प्रमुख लगायत उच्च पदस्थ अधिकारीद्वारा स्वागत

राष्ट्रपति भण्डारी पोखरामा, गण्डकी प्रदेश प्रमुख लगायत उच्च पदस्थ अधिकारीद्वारा स्वागत


  • 5.5K
    SHARES
    • श्रावण ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    राष्ट्रपति भण्डारी पोखरामा, गण्डकी प्रदेश प्रमुख लगायत उच्च पदस्थ अधिकारीद्वारा स्वागत

    गण्डकी । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आएकी छिन् । मङ्गलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी बुद्ध एयरको जहाजमार्फत पोखरा आइपुगेकी हुन् ।

    images

    पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारी पोखराको विरौटास्थित होटेल पोखरा ग्रान्डमा बसेकी छिन् ।

    उनी मङ्गलबार बिहान ८:३० बजे पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शन गरी ११ बजे विन्ध्वासिनी मावि बाटुलेचौरको हिरक जयन्तीमा सहभागी हुने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

    उनका अनुसार राष्ट्रपति मङ्गलबार नै दिउँसो १० बजे तमुधीमा ट्रहोटे पर्वको कार्यक्रममा सहभागी बनी काठमाडौं फर्कने कार्यक्रम छ । राष्ट्रपतिको पोखरा भ्रमणलाई लक्षित गरी यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप