• ट्रेण्डिङ्ग :
सङ्घले प्रदेशको अधिकार खोस्न मिल्दैन: सामान्य प्रशासन मन्त्री श्रेष्ठ

सङ्घले प्रदेशको अधिकार खोस्न मिल्दैन: सामान्य प्रशासन मन्त्री श्रेष्ठ


  • 8.2K
    SHARES
    • श्रावण ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    सङ्घले प्रदेशको अधिकार खोस्न मिल्दैन: सामान्य प्रशासन मन्त्री श्रेष्ठ

    कर्णाली । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संविधानले दिएको प्रदेशको अधिकार सङ्घले खोस्न नमिल्ने बताएका छन् ।

    images

    राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिद्वारा आज सुर्खेतमा आयोजित ‘सङ्घीय शासन प्रणाली सबलीकरण’ विषयक अन्तरक्रियामा उनले संविधानबमोजिम बहुमत प्रदेशले निर्णय नगरेसम्म सङ्घले अधिकार खोस्न नसक्ने बताए । मन्त्री श्रेष्ठले वित्तीय सङ्घीयता स्थानीय तहसम्म पुग्न नसक्नु, सङ्घीय निजामती सेवा ऐन नबन्दा र प्रदेशले आफ्नो अधिकार क्षेत्रको कानून निर्माण नगर्दा सङ्घीयता कार्यान्वयनमा समस्या सिर्जना भएको बताए ।

    “सङ्घले अधिकार दिएन भन्ने गुनासोको ध्यानाकर्षण भएको छ, सङ्घीय निजामती सेवा ऐन बनेपछि कर्मचारी व्यवस्थापनका धेरै जटिलता हल हुनेछन्”, उनले भने, “सैद्धान्तिक सहमति लिएर विधेयक मस्यौदा भइरहेको छ, मस्यौदामा प्रदेशका प्रमुख सचिवमात्र सङ्घको प्रतिनिधि खटाउने प्रस्ताव गरिएको छ, अहिलेजस्तो सचिव, प्रमुख प्रशासकीय अधिकृत सङ्घले खटाउँदैन ।” उनका अनुसार उक्त ऐन बनेपछि प्रदेश सरकारले नै सचिव, प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीको नियुक्ति, सरुवा बढुवालगायतका काम गर्न पाउनेछ ।

    त्यसका लागि प्रदेश निजामती ऐन निर्माण गर्न प्रदेश सरकारलाई आग्रह गरे । मन्त्री श्रेष्ठले तीन तहका सरकारबीचको आपसी सहकार्य, सहअस्तित्व र सहकारिताबाटै सङ्घीयता संस्थागत हुने विचार व्यक्त गरे । उनले भने, “तीन वटै सरकारको समान अस्तित्व छ, सङ्घको मातहतमा प्रदेश र स्थानीय तह होइनन्, प्रदेशलाई सङ्घको प्रशासनिक एकाइको रूपमा बुझ्न भएन ।” अन्तरक्रियामा संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले सङ्घीयताबिना समावेशी लोकतन्त्र सुदृढ नहुने टिप्पणी गरे।

  • सम्बन्धित विषय:

  • # कर्णाली

  • तेस्रो आँखा
    लेखकबाट थप