• ट्रेण्डिङ्ग :
साउन ३१ गते मंगलवारको राशिफल

साउन ३१ गते मंगलवारको राशिफल


  • 4.0K
    SHARES
    • श्रावण ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.2K Views

    साउन ३१ गते मंगलवारको राशिफल

    आजको पात्रो : ३१ साउन २०७९, मंगलबार । अगष्ट महिनाको १६ तारिक २०२२ । साउन महिनाको अन्तिम दिन भाद्रकृष्णपक्ष चर्तुर्थी, कौलब करण, रेवती नक्षत्र, शुल योग, चन्द्रमा मीन राशिमा रहेको छ ।

    images

    आज विहान सूर्योदय ५ः३४ मा हुनेछ भने सूर्यास्त ६ः४२ मा हुनेछ । विहान ११ः४३ देखि १२ः३५ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा कुनै पनि शुभकार्य गर्दा सफल हुनुहुनेछ । आजको देवता नाग र ग्रहदेव वृहस्पति रहेको छ । मंगलबारको दिन गणेश र हुनमानको आरधना गर्ने दिन हो । आजको दिन गणेश मन्दिरको दर्शन र हनुमानको आरधना गर्दा तन, मन, र आत्मशक्ति प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ । साउन महिनाको अन्तिम दिन मसान्त भएकाले यात्राका लागि त्यति उपयुक्त दिन होइन । महिनाको अन्तिम दिन कुनै नयाँ कामको शुरुवात पनि गरिदिैन ।

    आज २०७९साल साउन ३१ गते मंगलवारको राशिफल

     

    मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अः गरेका काम अधुरै रहला । मालसामान हराउन सक्छ । चोटपटकको भय छ, सचेत रहनुहोला, तर सहकर्मीबाट सहयोग मिल्नेछ ।

    मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, हाः आज कीर्ति वृद्धिका योग देखिन्छन् । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नजिकैको व्यक्तिसँग प्रविधि मार्फत भेटघाट हुनेछ ।

    सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टेः आज स्वास्थ्यमा समस्या आउनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा भने सफलता मिल्नेछ ।

    तुलाः रा, रि, रु, रे, रो, ता, ति, तु, तेः  महत्त्वपूर्ण कामको योजना र पुनस् थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ ।

    धनुः ये, यो, भा, भि, भु, धा, फा, ढा, भेः आज आफन्त तथा अग्रजहरूसँग विवाद बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च पनि बढेर जानेछ ।

    कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, दा आजको परिश्रमबाट पछि फाइदा मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कृषिको कारोबारबाट सफलता मिल्नेछ ।

    वृषः इ, उ, ए, ओ, वा, वि, वु, वे, वोः आज साथीभाइसँग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

    कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डोः  आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

    कन्याः टो, पा, पि, पु, ष, ण, ठ, पे, पोः  आज रमणीय र सुखद् जीवन र यात्राको योजना बन्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

    बृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, युः  आज नसोचेको ठाउँबाट धनागम हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोबारमा सफलता पनि पाइएला ।

    मकरः भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गिः आज विस्तारै वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । बेलुकीपख भने खर्च बढ्न सक्छ ।

    मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चिः बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा विस्तारै सुधार आउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । ( ज्यो।प। नारायणप्रसाद दुलाल

  • सम्बन्धित विषय:

  • # राशिफल

  • तेस्रो आँखा