काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले नागरिकतासम्बन्धी विधेयक जस्ताको त्यस्तै अघि बढाउने निर्णय गरेको छ ।
मंगलबार भएको शीर्ष नेताहरुबीचको छलफलले नागरिकता विधेयक हुबहु अघि बढाउने निर्णय गरेको हो । संसदको दुबै सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नागरिकता विद्येयक पठाइएको थियो । तर भण्डारीले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै विधेयक संसद मै फिर्ता पठाएकी थिइन् ।
