- तेस्रो आँखा डेस्क
काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हडबडमा कांग्रेसको महाधिवेशन गर्नु परेको बताएका छन। समयमै अधिवेशन हुनु पर्नेमा त्यसो गर्नु नचाहिएको भन्दै विधि पूरा गर्नलाई मात्रै महाधिवेशन भएको बताए ।
यसैगरि उनले सरकार अस्तव्स्त बनेको उनको भनाइ छ। देश विकासका लागि कांग्रेसको भुमिका रह्यो कि रहेन भन्ने आत्म समिक्षा गर्न जरुरी रहेको बताए । उनले आफ्नो आत्मसमिक्षा भए मात्रै यो अधिवेशनको अर्थ रहने बताए ।
लोकतन्त्रको लागि लडेको पार्टी किन पछाडी परेको छ भन्ने विषयको हेक्का नेतृत्वले राख्नु पर्ने भन्दै प्रशन गरे । कांग्रेसको गति अहिले रोकिएको भन्दै निमुखा जनतालाई न्याय दिनु पर्ने भन्दै उनले दलवन्दीबाट न्यायालय प्रभावित रहेको भन्दै निमुखाले पनि सहज न्याय पाउने परिपाटी कांग्रेसले बनाउनु पर्ने बताए ।
'कांग्रेस भित्र नैतिकताको खाचो रहेको छ,' उनले भने 'निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ, तर त्यसो नहुनु बिडम्बना हो।' राष्ट्रलाई आजको अवस्थाबाट मुक्त गर्नका लागि यसबारेमा सोच्नु पर्ने बेला भएकाे उनको भनाइ छ । यसैगरि उनले पार्टीभित्र एकता कायम गर्नुपर्नेमा जोड दिदै भने 'हाम्रो पार्टीलाई कसरी कम्युनिष्टलाई जित्न सक्ने बनाउन सक्छौं, यसबारे पनि सोचौं ।' आफू जहिले पार्टी भित्रको एकता चाहेको भन्दै एकताका लागि जहिले मध्यमार्गी बनेर काम गरेको उनको भनाइ छ ।
