• ट्रेण्डिङ्ग :
मानवसेवा आश्रम रुपन्देही शाखाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

मानवसेवा आश्रम रुपन्देही शाखाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै


  • 4.6K
    SHARES
    • भाद्र १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    मानवसेवा आश्रम रुपन्देही शाखाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

    रुपन्देही  । मानवसेवा आश्रमको रुपन्देही शाखाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह सुरुवात गरेको छ । यस अघि बुटवल उपमहानगरपालिका वडा नं। ८, पैँचो पसल अगाडी घर भाडामा लिएर सेवा प्रवाह गरिरहेको आश्रमले आजदेख तिलोत्तमा नगरपालिका वडा नं। ६ मा रहेको मोक्षधाम सेवा आश्रम परिसरभित्र आफ्नै भवन निर्माण गरि सेवा सुरुवात गरेको हो ।

    images

    लुम्बिनी प्रदेशका प्रदेश प्रमुख माननीय अमिक शेरचनले आज आश्रमको नवनिर्मित भवनको प्राङ्गणमा आयोजित गृह प्रवेश कार्यक्रममा भवनको औपचारिक समुद्घाटन गगरेका हुन् । लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिका वडा नं। ८ मा नै भाडामा रहेको पुरानो लाइसन्स भवनबाट प्रवाह गरिरहेको केन्द्रलाई भने आश्रमले निरन्तरता दिने छ । उक्त भवनमा पुरुष र बालकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    नवनिर्मित भवनबाट भने महिला र बालिकाहरुलाई सेवा प्रदान गरिनेछ । गृह प्रवेश कार्यक्रम मानवसेवा आश्रमका परिकल्पनाकार एवं केन्द्रीय अध्यक्ष श्री रामजी अधिकारीज्यूको सभाध्यक्षता र प्रदेश प्रमुख माननीय अमिक शेरचनज्यूको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

    मानवसेवा आश्रम रुपन्देही शाखा वि.स २०७५ सालमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीको स्वीकृति लिई मानवसेवा आश्रमको दशौँ जिल्ला शाखाको रुपमा विस्तार भएको हो । त्यस यता शाखाले लुम्बिनी प्रदेश केन्द्रीत भएर सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलनको सेवा गर्दै आइरहेको छ ।

    आजको दिनमा रुपन्देही जिल्ला शाखाको संरक्षणमा ७८ जना पुरुष र ६६ जना महिला गरि १४४ जना विभिन्न उमेर समूहका व्यक्तिहरु आश्रित हुनुहुन्छ भने अहिलेसम्म ५८७ जना सडकआश्रित मानवहरुको उद्धार गरिसकेको छ । मानवसेवा आश्रमको पहलमा बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त देशकै पहिलो उपमहानगरपालिका घोषणा गरिसकिएको छ ।

  • सम्बन्धित विषय:

  • # मानवसेवा आश्रम

  • तेस्रो आँखा