काठमाडौं । फोहोर व्यवस्थापनमा स्थानीयले निरन्तर अवरोध गरेको कारणले सुरक्षा घेराउबाट काठमाडौंको फोहोर बञ्चरेडाँडामा व्यवस्थापनको कार्य भइरहेको छ ।
स्थानीयको विरोधकाबीच प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी लैजान खोज्दा आज पनि स्थानीय र प्रहरीबीच झडप भएको छ । सोहि क्रममा फोहोर व्यवस्थापन गर्न अवरोध गर्ने एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा स्थानीय दिपेश कार्की रहेको प्रहरी प्रवक्ता रुपक खड्काले जानकारी दिए । हिजो पनि फोहोर व्यवस्थापनको विषयमा विवाद हुँदा प्रहरीले पाँच राउण्ड हवाइफायर गरेको थियो भने केहि स्थानीय घाइते भएका थिए ।
