• ट्रेण्डिङ्ग :
मस्जिदमा विस्फोट हुँदा २० जनाको मृत्यु

मस्जिदमा विस्फोट हुँदा २० जनाको मृत्यु


  • 5.0K
    SHARES
    • भाद्र २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    मस्जिदमा विस्फोट हुँदा २० जनाको मृत्यु

    एजेन्सी ।  अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको हमलामा कम्तीमा २० जनाको मृत्यु भएको छ । साँझको प्रार्थनाको समयमा भएको उक्त विस्फोटमा अन्य केही घाइते भएका छन् । विस्फोटमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन ।

    images

    घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको प्राप्त विवरण जनाइएको छ । विस्फोटमा २० जनाको मृत्यु भएको अलजजिराले जनाएको छ ।

    विस्फोटमा ३५ जनाको हताहति भएको हुन सक्ने तालिबान अधिकारीले रोयटर्सलाई बताएका छन् । एक वर्षअघि तालिबानले अफगानिस्तानको सत्तापलट गरे पछि पनि हत्या हिंसाका घटनामा कमी आएको छैन् । केही साताअघि पनि मस्जिदमा विस्फोट हुँदा सर्वसाधारणको मृत्यु भएको थियो । 

  • सम्बन्धित विषय:

  • # २० जनाको मृत्यु

  • तेस्रो आँखा