• ट्रेण्डिङ्ग :
बन्चरेडाँडाबासीले आज पनि फोहोर फाल्न दिएनन्, पक्राउ परेकाको रिहाइ गर्न सर्त   

बन्चरेडाँडाबासीले आज पनि फोहोर फाल्न दिएनन्, पक्राउ परेकाको रिहाइ गर्न सर्त   


  • 4.5K
    SHARES
    • भाद्र २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.9K Views

    बन्चरेडाँडाबासीले आज पनि फोहोर फाल्न दिएनन्, पक्राउ परेकाको रिहाइ गर्न सर्त   

    काठमाडौं । बञ्चरेडाँडाबासीले  आज (बिहीबार) पनि  काठमाडौं उपत्यकाको फोहोर फाल्न अवरोध गरेका छन् । पक्राउ परेकालाई रिहाइ गर्न माग गर्दै स्थानीयले बिहानैदेखि फोहोर फाल्न अवरोध गरेका हुन् । 

    images

    नुवाकोट, धादिङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरु, ककनी गाउँपालिका र धुनवेशी नगरपालिकाका जनप्रतिनिधि र प्रहरी अधिकारीलगायत बसेर बुधबार मात्रै फोहोर फाल्न दिने सम्बन्धमा ४ बुँदे सहमति भएको थियो ।

     तर  सहमतिमा पक्राउ परेकालाई रिहाइ गर्ने विषय उल्लेख नभएपछि फोहोर फाल्न स्थानीय बासिन्दाले अवरोध गरेको जनाइएको छ । सरकारले सहमति गर्ने तर कार्यान्वयन भने नगरेको भन्दै बन्चरेडाँडाँका स्थानीयबासी आक्रोसित हुँदै आएका छन् ।