• ट्रेण्डिङ्ग :
रामेछापको ठोसेमा पहिरोले ५ घर बगायो, लाखौंको क्षती

रामेछापको ठोसेमा पहिरोले ५ घर बगायो, लाखौंको क्षती


  • 6.2K
    SHARES
    • भाद्र ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    रामेछापको ठोसेमा पहिरोले ५ घर बगायो, लाखौंको क्षती

    रामेछाप ।  रामेछापको ठोसेमा अबिरल बर्षासंगै आएको बढिले  पाँच घर बगाएको छ । बाढी पहिरोमा परि मानवीय क्षेती भने भएको छैन् । 

    images

    बिहिबार परेको अविरल वर्षासंगैको आएको बाढीले जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेको एकामफेदी बाहुनटोल स्थित नाडिङ खोल्सामा आएको लदोसहितको पहिरोले सोही ठाउँका सन्तोष रोक्का, ज्ञान बहादुर रोक्का, रमेश रोक्का, हरिबहादुर खत्री र धनलक्ष्मि गुरागाई घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । 

     
    बिहिबार आएको बाढीले स्थानीय सन्तोष, ज्ञानबहादुर र रमेश रोक्काको भुकम्पपछि निर्माण गरिएको ईटाको गारो भएको २ तले घर पूर्णरुपमा बगाएको हो ।  

    त्यस्तै हरिबहादुर खत्री र धनलक्ष्मि गुरागाईको ढुङ्गा माटोले बनेको एकपाखे भान्सा घर भत्किएको छ भने धनलक्ष्मि गुरागाईको ३ वटा बाख्रा पहिरोमा परि पुरिएको जनाइएको छ । 

  • सम्बन्धित विषय:

  • # रामेछाप

  • तेस्रो आँखा