• ट्रेण्डिङ्ग :
सुरक्षाकर्मीको कारबाहीमा सोमालियामा १७ लडाकू मारिए

सुरक्षाकर्मीको कारबाहीमा सोमालियामा १७ लडाकू मारिए


  • 5.2K
    SHARES
    • भाद्र ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    सुरक्षाकर्मीको कारबाहीमा सोमालियामा १७ लडाकू मारिए

    मोगादिसु । सोमालियामा थप १७ लडाकू मारिएका छन् । सुरक्षाकर्मीहरुको कारबाहीका क्रममा बिहीबार उनीहरु मारिएको अधिकारीहरुले जनाएका छन् ।

    images

    मारिएका सबै जना अल शबाब समूहका लडाकू भएको जनाइएको छ । सोमालियाको सेनाले सुरक्षा कारबाही अझै पनि तिव्र रुपमा जारी रहेको जनाएको छ । देशको हालेस, क्वासाली, नुसफानक्सा, बुबुर लागयतका ठाउँमा अतिवादी लडाकू समूह विरुद्धको कारबाही चलाइएको हो ।

    सोमालियामा यस बर्षको सुरु देखि नै सुरक्षा कारबाहीलाई तिव्रता र प्राथमिकता दिइएको अधिकारीहरुले जनाएका छन् । सुरक्षाकर्मीहरुले लक्षित गरेको सो शबाब समूहले देशका कतिपय ठाउँ आफ्नो नियन्त्रणमा रहेको दावी गर्दै आएको छ । त्यसैगरी कतिपय उच्च पदस्थ अधिकारीहरुलाई सो समूहले आक्रमण गरेको थियो ।  


    तेस्रो आँखा
    लेखकबाट थप