काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
गिरि घाँटीको क्यान्सर रोगबाट पीडित छन् । केहिदिनयता गिरिको स्वास्थ्य अवस्था थप जटील बन्दै गएको छ । मेडिसीटी अस्पताल स्रोतका अनुसार परिवार बाहेक अन्यलाई भेट्न दिइएको छैन ।
