काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य माननीय प्रदिप गिरीको उपचारको क्रममा निधन भएको छ । कांग्रेसले वक्तव्य जारी गर्दै निधन प्रति दुःख व्यक्त गरेको छ ।
गिरीको आज विहान ९ः०० बजे देखि ११ः०० बजेसम्म नेपाल मेडिसिटी अस्पतालको शिवालयमा पार्थिव शरीर श्रद्धाञ्जलीको लागि राखिने छ । यस्तै, विहान ११ः३० बजे देखि २ः०० बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा पार्थिव शरीर श्रद्धाञ्जलीको लागि राखिने छ । तत् पश्चात अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने कांग्रेस संसदीय दलका सचेतक मिनबहादुर विश्वकर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

