काठमाडौं । नेकपा माओवादी केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले पदाधिकारीलाई पूर्णता दिएको छ । सो बैठकले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, ७ उपमहासचिव, ९ सचिव र कोषाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी चयन गरेको हो।
पदाधिकारीमा चयन हुने अधिकांश यसअघि माओवादी केन्द्रको स्थायी समितिमा रहेकाहरु नै रहेका छन् । तर, २१ जनामा चार जना भने पहिलो पटकमै माओवादी केन्द्रको पदाधिकारीमा चुनिन सफल भए ।
सचिव बनेका हितराज पाण्डे र डिलाराम आचार्य तथा कोषाध्यक्ष श्रीराम ढकाल पहिलो पटक स्थायी समिति सदस्य बने सँगै पदाधिकारीमा छलाङ मारेका छन् । राम कार्की भने पहिले स्थायी समिति सदस्य भए पनि एमालेसँगको एकताबाट बनेको नेकपाको स्थायी समितिमा समेटिएका थिएनन्। उनी पनि यो पटक पदाधिकारीमा पुग्न सफल भएका छन् ।
सचिव बनेका दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश साह, हितमान शाक्य लामो समयदेखि स्थायी समिति सदस्य रहेका थिए।
