• ट्रेण्डिङ्ग :
देउवा टिमको उपसभापतिमा विजय र पूर्णबहादुर

देउवा टिमको उपसभापतिमा विजय र पूर्णबहादुर


  • 6.0K
    SHARES
    • मंसिर २५, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    देउवा टिमको उपसभापतिमा विजय र पूर्णबहादुर

    काठमाडौं, २५ मंसिर ।

    images

    नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका शेरबहादुर देउवाको टिमले अझै पूर्णता पाएको छैन ।

    अहिलेसम्म पदाधिकारी उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काको नाम टुंगो लागेको छ । 

    सहमहामन्त्री मुस्लिमबाट फरमुल्ला मन्सुर, पिछडिएका वर्गबाट जीवनबहादुर शाही र महिलाबाट डिना संग्रौला उपाध्यायको नाम टुंगिसकेको छ । 

    पार्टीको १४औँ महाधिवेशनअन्तर्गत शनिबार मनोनयन दर्ता प्रक्रिया सुरु भइसक्दा पनि नेताहरूले आफ्नो टिमलाई पूर्णता दिन सकेका छैनन् । 


    तेस्रो आँखा